लक’डाउनमा कुलमानको चुपचाप काम, सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु , डेढ महिनाभित्र १० मेगावाट थपिने


लक’डाउनमा कुलमानको चुपचाप काम, सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु , डेढ महिनाभित्र १० मेगावाट थपिने
काठमाडौं । लकडाउनको समयमा अहिले मुलुक शान्त छ । सबै मानिस घर भित्रै बसिरहेका छन् ।

कोरोनाको त्रास कहिले समाप्त होला भन्ने पर्खाइमा सबै नागरिक बसिरहेको बेलामा नेपाल विद्युत प्राधिकरणमा भने एउटा ठूलो उपलब्धी प्राप्त हुने बेला भएको छ । लकडाउनकै समयमा भएको कामले अब विद्युतको क्षेत्रमा सफलता प्राप्त गरेको छ।

नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १।२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १।२५ मेगावाट सञ्चालनमा आएको हो ।

सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १।२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com