बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बने रोनाल्डो


एजेन्सी – विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो खर्बपति फुटबल खेलाडी बनेका छन् । इटालीयन क्लब युभेन्टसका खेलाडी समेत रहेका रोनाल्डोले अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीलाई पछि पार्दै विश्वकै सबैभन्दा धेरै कमाई गर्ने फुटबल खेलाडी बनेका हुन् ।

उनी बिलियनर ( एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने) बनेका छन् । बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुची अनुसार उनी बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका हुन् । सुची अनुसार उनी खेलको दौरानमा १ बिलियन कमाई गर्ने तेस्रो खेलाडी बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com