हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको निधन


काठमाडौं । हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको क्यान्सरका कारण निधन भएको छ । ४६ वर्षका आचार्य कलेजोको क्यान्सरबाट पीडित हुनुन्थ्यो । पछिल्लो समय उहाँ माल्दिभ्सको गान रिजनल हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो । सोही हस्पिटलले उहाँको निधन को पुष्टि गरेको छ ।

यो पनि , नेपालमा काेराेनाबाट निधन हुनेको संख्या १६ पुग्यो/ काठमाडौं। अर्घाखाँचीमा बुधबार निधन भएका एक जना पुरुषमा कोरोना भाइरस रोग (कोभिड १९) पोजेटिभ पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको हो । यो संगै कोरोनाका कारण निधन हुनेको संख्या १६ पुगेको छ ।

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका पुरुषको बुधबार बुटवलमा उपचार पछि पुन अर्घाखाँची फर्कदै गर्दा बाटोमै निधन भएको थियो । निधन पछि उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

निधन हुनु अगावै ती पुरुषको स्वाब लिइएकोमा प्रयोशालामा गायब भएपछि निधन भएपछि पुन: स्वाब लिई परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com