भावुक बन्दै प्रकाश सपुत र केकी अधिकारीले सुनाए ‘बदला बरिलै’ को भित्री कथा ! रे’प सिनमा यस्तो भो! (भिडियो सहित)


काठमाडौं । गायक प्रकाश सपुतकाे मर्मस्पर्शी गीत ‘बदला बरिलै’ सार्वजनिक भएकाे छ । सुमधुर स्वरकी धनी गायिका देवी घर्तीको आवाज रहेकाे उक्त गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ । यो गीतले समाजमा बढ्दो ब ला त्कारको घटनाविरुद्ध बोलेको छ । नायिका केकी अधिकारीले भिडियोमा सशक्त ढङगले प्रस्तुत गरेकी छिन्, जसमा ध्रुव कोइरालाको नेगिटिभ अभिनय रहेको छ । यतिबेला सो भिडियो यूट्यूवका ट्रेण्डिङ एकमा छ ।

भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ । अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गायक सपुतले नै निर्देशन गरेको सो भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

यतिबेला तीजकाे अवसरमा चेलीबेटीले भोग्नु परेकाे गीतलाइ मर्मस्पर्शी ढङ्गले कथाबस्तुलाइ बाँधेर भनाइएकाे भिडियोले नेपाली साँगेतिक बजारमा मात्रै नभएर सोसल मिडियामा समेत यस्तो छाप पारेकाे छ कि सामाजिक सञ्जाल यूट्यूवमा त ट्रण्डिङ एकमै आइसकेकाे छ ।

यस्तो बेला पनि सर्जकद्वय प्रकाश सपुत र केकी अधिकरी त्यति खुशी देखिएका छैनन् । कारण यहि हाे, कि यो गीत वा भिडियोमा समावेश कथा बस्तु एउटा नेपाली चेलीले भोग्नु परेकाे एकदमै द’र्द’नाक परिस्थिति छ । बाँकी भिडियोमै हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com