अहिले सम्मकै डरलाग्ने गरि देखियो काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना पुष्टि


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएको बताएका हुन् ।

डा. गौतमका अनुसार काठमाडौँमा ४८ जना, भक्तपुरमा १३ जना तथा ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् । यससँगै काठमाडौँ जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ । उपत्यकाका ती जिल्लामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यससँगै कूल डिस्चार्ज हुनेको संख्या १५ हजार २६पुगेको छ ।

हाल नेपालमा क्वारेन्टिनमा रहेकाहरुको संख्या १० हजार ४ सय ५२ छ । त्यस्तै, आइसोलेसनमा ५ हजार ९सय २५ जना छन् । हालसम्म नेपालमा कोरोनाको कारण ५८ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com