चर्चित लोकगीत लोकगायिका सुनिता दुलालले बिवाह गर्दै, को हुन उनका हुनेवाला जीवनसाथी ?


चर्चित लोकगायिका सुनिता दुलालले बिवाह गर्ने भएकी छन् । उनी यही सोमबार पाइलट दिवाकरमान सिंह बस्न्यातसँग वैवाहिक बन्धनमा बाँधिने लागेकी हुन् ।

दिवाकर र सुनिता लामो समय देखि प्रेम सम्बन्धमा रहेका थिए । दिवाकर क्यानाडबाट पाइलट पढेर आएका हुन् । उनि हाल बुढालिनकण्ठमा बस्दै आएका छन् ।

नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका सुनिता दुलालका ‘झम्के फुली’, ‘मुखैमा चिनी’, ‘बेसी मेलैमा’ लगायतका दर्जनौ गीतहरु श्रोता तथा दर्शकहरुमाझ लोकप्रिय छन् ।

बि. सं. २०६० मा ‘मायालुले झल्को दिईरहने’ बोलको गीत रेकर्ड गरेर उनी सांगितिक क्षेत्रमा प्रवेश थिइन् । उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com