सारा देशले कुलमानलाई रोजेका बेला नायिका करिश्माले पनि भनिन् ‘कुलमानलाई हटाउँनु हुँदैन’


काठमाडौँ । सदावहार अभिनेत्री करिश्मा मानन्धले कुलमान घिसिङ्गको कार्यकाल थपेर भएपनि उनलाई नेपाल विद्युत प्राधिकरणको निर्देकका रुपमा निरन्तरता दिनुपर्ने बताएकी छिन् ।

थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे कुलमान घिसिङ मात्रै भएको भन्दै उनले अर्को कार्यकालका लागि पनि निरन्तरता पाउनुपर्ने सुझाव करिश्माले दिएकी छिन् ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै सुन्दरी करिश्माले भनेकी छिन् सारा देशले कुलमानलाई खोजेका बेला नायिका करिश्माले सामाजिक संजालमा थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमन घिसिङ फेरि चाहिन्छ भनेर लेखेकी छिन् ।

पछिल्ला दिनमा आफ्ना धारणा एकपछि अर्को गर्दै सार्वजनिक रप्मा सामाजिक संजालमा पोख्दै आएकी सुन्दरी करिश्माले आफ्नो आर्कषक तस्विर पोष्ट गर्दै भनेकी छिन् डेमोक्रेसी र कमुनिजम को मर्मलाई काहाँ राख्न सके त यिनिहरुले त्यसैले जो राम्रो छ त्यो हाम्रो हो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com