सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन


धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन भएको छ। मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको निधन भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराईसकेको उनले दिनेश खवरलाई जानकारी दिए। हिजो साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित मृ’तकको संख्या १४ पुगेको छ। हिजो मात्रै साउन ३२ गते निधन भएका कैलालीकै पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। साभार- दिनेश खबर 

यो पनि, कोरोनाको चिनियाँ भ्याक्सिन प्रयोग गर्न नेपालले दियो अनुमति – काठमाडौं । चिनवाट फैलिएको कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा विश्वकै अुनसन्धानकर्ता जुटेका छन् । रुस, चिन लगायतका देशमा कोरोनाको भ्याक्सिन निर्माण गरेको दावी गरो छन् ।

भारत पनि भ्याक्सिन निर्माणको लाइनमा छ । भारतले तीनवटा भ्याक्सिन निर्माणको क्रममा रहेको दावी गरेको छ । यसबीच विश्वका विभिन्न मुलुकमा निर्माण भएका भ्याक्सिनको प्रयोग नेपालमा गर्ने तयारी भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको जनाएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीका अनुसार, आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षण गर्न अनुमति दिएको हो । अब केही समयमा नेपालमा चिनियाँ भ्याक्सिन आउने भएको छ ।

डा ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ । ट्रायलमा नेपाली नागरिकलाई समावेश गराउने वा नगराउने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com