बिदेशमा अलपत्र नेपालीको सबैलाई रुवाउने कथा । ‘फोटो फिरिममा’पछि शिशिर भण्डारीको अर्को रुवाउने म्युजिक भिडियो (भिडियो हेर्नुस)


विश्वभर फैलिरहेको कोरोना कहरका कारण लाखौं नेपाली दाजुभाईहरु वर्ष ०७७ को दशैं, तिहार मान्न आउनका लागि असमर्थत भईसकेका छन् । यस्तै भावना बोल्ने गीत ‘आउला भनेको’ सार्वजनिक भएको छ । गीतसंगीतमा सक्रिय मात्र होइन, फरक खालको प्रस्तुतीका लागि हाजिर भईरहने एउटा नाम हो राजकुमार बाँनिया । उनी गीतसंगीतमा नयाँ नयाँ प्रयोग गर्ने कलाकारको सूचिमा पर्छन, यसपाली उनको विषयवस्तु समसामयिक छ, तर यूटुवबाट सामाजिक सेवा गरिरहेका कलाकारसमेत रहेका चर्चित अनुहारलाई लोकदोहोरीमा अभिनय गराएका छन् । त्यो नाम हो शिशिर भण्डारी । भण्डारीले पहिलो पटक लोकदोहोरी गीतमा अभिनय गरेको बताउदै खुशी व्यक्त गरेका छन् । भण्डारीलाई कलाकार जुना गुरुङले अभिनयमा साथ दिएकी छिन् ।

प्रस्तुत गीतमा बानियालाई गायिकीमा चर्चित गायिका देबी घर्ति मगरले साथ दिएकी छिन् । मीना लामाको शब्द रहेको गीतमा संगीत सिर्जना कृष्ण शताब्दीले गरेका छन् । चर्चित संगीत सयोजक बिनोद बाजुरालीको संगीत संयोजकन रहेको गीतको उत्कृष्ट भिडियो निर्देशन कृष्ण शताब्दीले गरेका हुन ।
(भिडियो हेर्नुस)

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com