चर्चित तेलेगु फिल्मका कलाकार जयप्रकाश रेड्डीको निधन


एजेन्सी । तेलेगु फिल्मका अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलबार बिहान रेड्डीको आन्द्र प्रदेश स्थित आफ्नै निवासमा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो ।

रेडीले ४० को दशकबाट तेलेगु फिल्म डेब्यु गरेका थिए । १९८८ मा वेंकटेशको फिल्म ब्रह्म पुन्थरूढुबाट उनले अभिनयको सुरूवात गरेका थिए । तर, पनि त्यसको १० वर्षपछि उनी लोकप्रिय हुन थालेका थिए ।

सन् ११९९ मा नन्दमुरी बालकृष्णको फिल्म समरसिंह रेड्डीले फिल्ममा अभिनय सुरू गरेका थिए । त्यो फिल्मको सफलता पछि उनले पछाडी फर्केर हेर्नु परेको थिएन ।

रेड्डीलाई भाषाका विज्ञका रूपमा समेत चिनिन्छ । उनी तेलेगुमा बोलिने सबै भाषामा पोख्त थिए । खलनायकको भूमिकाका लागि प्रसिद्ध उनको कमेडी पनि उत्तिकै रूचाइएको थियो । उनले करीब १ सय वटा फिल्मा अभिनय गरेका छन् । उनको निधन ले तेलेगु फिल्म इण्डस्ट्रीमा ठूलो क्षति भएको कलाकारहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com