‘संक्रमितको शव परिवारलाई नै अन्त्यष्टि गर्न दिउँ, शववाट कोरोना सर्दैन’


काठमाडौ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने तर त्र’सित् हुन नपर्ने बताउनुहुन्छ । तिवारीका अनुसार सङ्क्रमितले ह्याछ्यु गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गरेर मास्क लगाएर, समय समयमा साबुन पानीले हात धोएमा रोग सर्नबाट बच्न सकिन्छ । सामान्य लक्षण र लक्षण नभएका घरमै सुरक्षित तरिकाले राख्न सकिने भएकाले टोल, समुदाय आत्तिनु नपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सङ्क्रमितलाई प्रोत्साहन दिऔँ, हतोत्साहित नबनाऔँ ।” टाढाबाट र हावाबाट रोग नसर्ने भएकाले त्र’सित हुन नपर्ने उहाँले जानकारी दिनुभयो । घरमै रहेका सङ्क्रमितलाई समय समयमा ध्यान दिने, कपडा र प्रयोग भएका वस्तुहरु सर्फ पानी, क्लोरिनले सफा गर्ने गरेमा रोग अरुलाई सर्नबाट बचाउन सकिने उहाँको भनाई छ ।

घरमा बसेका सङ्क्रमित छिटो निको हुने गरेको तथ्याङ्क पनि उहाँमा छ । उहाँले भन्नुभयो, “सङ्क्रमिलाई अपमानित गर्नु हुँदैन ।” सङ्क्रमितको मृ’त शरीरबाट अरुमा स’ङ्क्रम’ण सर्ने सम्भावना ज्यादै न्यून हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मृ’तक व्यक्ति र तिनका परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन ।” शव व्यवस्थापन गर्न परिवारले चाहेमा उच्च सावधानी अपनाएर गर्न सकिने उहाँको राय छ ।

उहाँले थप्नुभयो, “अहिले ठाउँठाउँमा क्रिया बसेकाहरुलाई फरक व्यवहार गरेको सुनिएको छ, त्यो राम्रो होइन ।” मलामी गएकाहरुमा शवबाट नभएर मलामी मलामीबीचको सम्पर्कबाट रोग सर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलामीमध्ये एउटा सङ्क्रमित हुँदा अरुलाई सर्ने गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ ।”

कोरोना सङ्क्रमित र सङ्क्रमितको परिवारलाई सुरक्षा सावधानी अपनाउँदै आवश्यक सहयोग र प्रोत्साहन गर्नेतर्फ सबै लाग्न आवश्यक छ । हालसम्म चितवनमा कोरोना भाइरसबाट १ हजार ५२ जना सङ्क्रमित भएका छन् । तीमध्ये २५३ जना निको भएर घर फर्र्किएका छन् भने ७८७ जना उपचाररत या आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com