नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि, छैन कोरोनाको कुनैपनी लक्षण


२३ भाद्र, काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। ‘उहाँलई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो,’ कोइरालाका सहयोगीले भने, ‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।’

कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए। ‘हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं,’ उनका सहयोगीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ।’

यो पनि, देशभर कोरोना संक्रमित घटिरहँदा पनि उपत्यकामा भने उस्तै, कति थपिए आज उपत्यकामा? , काठमाडौं– देशभरका ७४ जिल्लामा कोरोना भाइरस संक्रमित घटिरहँदा उपत्यकामा भने उस्तै अवस्था छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनासहित उपत्यकामा ३ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भएको तीन साता पूरा हुन लाग्दा पनि संक्रमण दर घटेको छैन । मंगलबार देशभर भने ३०७ महिला र ५९५ पुरुष गरी ९०२ जना संक्रमित भएका छन् । आजसम्म देशभर ४८ हजार १ सय ३८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com