घ’टना भएको ३ दिनपछि बाहिरियो यस्तो सोच्नै नसक्ने घ’ टना…


काठमाडौ । धनुषामा एक १४ वर्षकी बालिकालाई ५५ वर्षका पुरुषले अ नैतिक काम गरेको घ टना सार्वजनिक भएको छ । घ टना भएको ३ दिन पछि परिवारले थाहा पाएपछि सार्वजनिक भएको छ । साथीसंग खेल्दै गरेकी बालिकालाई स्थानिय एक पुरुषले बोलाएर अ नैतिक काम गरेको बालिकाको बुवाको भनाई छ ।

लक्ष्मीनिया गाउँपालिका वडा नं। २ सिनुरजोडामा अन्दाजी १४ वर्षीया बालिकालाई शनिबार दिउँसो खेल्दै गरेको बेलामा स्थानीय ५५ वर्षीय बुधुवा साहले बोलाए । ति बालिका आफ्नो पसल नजिकै साथीसंग खेलीरहेकी थिइन् । उनले केही कुरा किन्ने बहाना गरेर बालिकालाई फकाउँदै पसलमा लगेर अ नैतिक काम गरेको उ जुरी प्रहरीमा परेको छ ।

शनिबार दिउँसो ३ बजे तिर आफ्नो पसल नजिकै खेलिरहेकी बालिकालाई साहले बोलाएर अर्को पसलबाट गु’ट’खा ल्याउन पठाएका थिए । बालिका अर्को पसलमा गु’ट’खा किन्न गएको बेलामा उनले पसलवाट एउटा कार्टुन छतमा राखेर आउ भनेर लगाएका थिए । बालिका उनले भने बमोजिम कार्टुन लिएर छतमा राख्न जाँदा कोठाभित्र लगेर अ’ नैतिक काम गरेको बालिकाको बुवाले प्रहरी सामु बताएका छन् ।

अहिले उनी सम्पर्क बाहिर छन् । प्रहरीले साहलाई खोजी गरिरहेको जनाएको छ भने बालिकाको स्वास्थ्य परिक्षणका प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com