१० वर्षे जनयु द्ध गरेक पूर्व माओवादी कलाकारको यस्तो विजोग, बच्चासँगै सडकमा बास ,भिडियो सहित


काठमाडौं । १० वर्षे जनयु द्धको जगमा टेकेर राज्य सञ्चालनको डाडुपन्यू चलाउने ठाउँमा कैयौं नेता तथा कार्यकता पुगिसकेका छन् । यद्यपि वर्गीय समानताका नारा उराल्दै जनयुद्धमा सहभागी धेरैजसो कार्यकर्ताका लागि भने जन यु द्ध कहिल्यै नपुरिने घाउ पनि बनेको छ ।,

‘त्रिवेणी गाउँपालिका– ५ जबरबोटमा घर भएकी एक पूर्वमा ओ वादी कलाकार यतिबेला घर न घाटकी भएर वेवारिशे अवस्थामा सडकमै बास बस्ने अवस्थामा पुगेकी छन् । जन यु द्धबाट राजनीतिक रुपमा ठूलै उपलव्धि भए तापनि त्यसमा सहभागी धेरैजसो विजोग अवस्थामा पुगेको यो एउटा उदाहरण बनेको छ ।,

‘समाज रुपान्तरणको सुनौलो सपना बोकेर कहिले भोकै र कहिले प्यासै नाच्दै गाउँदै जनता जगाउँदै हिडेकी यी महिलाका लागि सडक नै बास बनेको छ । त्रिवेणी गाउँपालिकाकी खुमा विकका अनुसार सानो बच्चासहित यी महिला वेवारिशे अवस्थामा हिड्ने र सडकमै सुत्दै आएकी छन् ।,

‘जनयु द्धकै क्रममा सिन्धुपाल्चोकका लिम्बु थरका व्यक्तिसँग बिहे गरे पनि तल्लो जातिको भन्दै माइतीमै छोडेर गएको खुमाले बताइन् । लिम्बुको पहिलो श्रीमती भएको र माइतमै अलपत्र छोडेको बताइन्छ । लिम्बुको परिवारले दलित भन्ने थाहा पाएपछि दशैंमा ससुराली जाऔं भनेर लिएर यतै छाडेर गएको विकको भनाइ छ ।,

श्रीमानले छोडेर गएपछि तनावमा परेकी बिठ्ठु नामकी यी महिलाको मानसिक सन्तुलन गुमेको बताइन्छ । त्यसपछि फेरि ६ बहिनी छोरीहरु भएका ६० वर्षीय वृद्धसँग विवाह गरिदिए गाउँमै । तर, यिनले पनि छोरी नै जन्माइन् । त्यसपछि झनै तनावमा परेकी बिठ्ठुले मानसिक सन्तुलन गुमाएर वेवारिशे अवस्थामा पुगेको गाउँलेहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com