कस्तो दुर्भाग्य, जिते भनेर माला लगाए, अन्तिममा एक भोटले हारे…


नेपाली कांग्रेसका एक उम्मेद्वारले उपचुनावको वडाध्यक्षमा जित हासिल निश्चित भनेर जितको मालानै लगाए । माला लगाएर विजयोत्सव मनाइरहदा, उनले एक भोटले हारेको थाहा पाए । निर्वाचन आयोगको उक्त जानकारी पश्चात उनले आफूले लगाएको माला फुकाएर अरुलाई बधाई दिनुपर्यो । यो घट्ना हो धरान उपमहानगरपालिका वडा नम्बर ७ को । कांग्रेसका सुवर्ण पालिखेलले जितेको भनेर लगायो माला एकैछिनमा फुकालेर नेकपाका जीवन सुवेदीलाई बधाई दिए । खासमा के भएको थियो भने, बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका सुवेदीले एक मतले चुनाव जिते । उनी ६२२ मत सहित एक भोटको अन्तरले वडाध्यक्षको चुनाव जित्न सफल भए ।

यता कांग्रेसले परिणाम अस्विकार गरेको छ । धरान ७ का वडाध्यक्ष भुवन मोक्तानको निधनपछि उपचुनाव भएको हो । मोक्तान एमालेबाट निर्वा्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com