विवाह दर्ता छैन भन्दा मख्ख परिन् श्रीमति (भिडियो सहित)


एकाएक युट्युबबाट भाइरल भएका लिम्बू जोडी अहिले पीडामा छन् । माइली श्रीमतितर्फको जेठो छोरालाई रोग लागेर अस्पतालमा लडेपछि भाइरल जोडी पीडामा परेका छन् । झारफुख र कृषिमा लागेर जिविकोपार्जन गर्दै आएका लिम्बू जोडीलाई अहिले अर्को आपत परेको छ । आपतकै बिच श्रीमतिलाई पहिलेको श्रीमान आएर हंगामा गरे के गर्नुहुन्छ ? भन्ने प्रश्नमा श्रीमतिले भनिन्, ‘विवाह दर्ता छैन । उसको हक लाग्दैन ।’

लिम्बूका ४० वर्षिया छोरा मोहन लिम्बू पेशाले लोकगायक हुन् । उपचारकालागि १५ लाख बढि खर्च भइसक्दा पनि ठिक नभएपछि आर्थिक अभावका कारण अस्पतालमै बसिरहेका छन् । ग्यास्ट्रिक, जन्डिस, अल्सर, आन्द्रा तीनवटा ठाउँमा चोट, किड्नी ड्यामेज, फोक्सोमा पानी, बिग्रेको कलेजोले मोहन बिरामी छन् । यता लिम्बूकि श्रीमतिले ४० वर्षकै भएपनि छोरा भन्या छोरा हुन् भन्दै सहयोग मागिन् । उनले भनिन्, ‘४ वटै छोराले माया गर्छन् ।’ छोराहरुले आमा नै भन्छन्, राम्रो व्यवहार गर्छन् भन्दै श्रीमति लिम्बू भावुक भइन् । यता श्रीमान भने सन्तान खुशी भएको बताए । सल्लाह नगरी विवाह गरेपनि सन्तान खुशी रहेको श्रीमानले बताए । श्रीमतिसँग पनि आफू खुशी रहेको उनले बताए । माइतीमा राम्रै कुरा भइरहको श्रीमति लिम्बूले बताइन् । यता लिम्बु बाजे भने ससुराली दिनहुँ पुग्ने गरेको बताए । सासु र ससुरालाई ढोकेर फर्किने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com