कुलमानको फेरि आर्को चमत्कार : अब काठमाडौंको जमिनभित्रबाट बिजुलिका तारहरु लगिने


नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणालीको क्षमता वृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ ।

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताउनुभयो । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिनुभयो ।

प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख तथा प्रवक्ता प्रबल अधिकारीले विद्युत्का तारलाई भूमिगत गर्ने कार्य पुस महिनाको पहिलो हप्तादेखि नै सुरु गरिने जानकारी दिनुभयो । “तार भूमिगत गर्नका लागि आवश्यक तयारी पूरा भइसकेको छ, डिसेम्बर १५ देखि काम नै सुरु हुनेछ,” उहाँले भन्नुभयो, “२०७८ मङ्सिरसम्म पहिलो चरणको काम सम्पन्न हुनेछ ।”

उहाँका अनुसार विद्युत्को तार भूमिगत गर्नका लागि आवश्यक अधिकांश उपकरण र सामग्री काठमाडौँ आइपुगेका छन्, बाँकी उपकरण र सामग्री एक हप्ताभित्र काठमाडौँ आइपुग्नेछन् । तारहरूलाई भूमिगत गर्नका लागि मेलम्चीको जस्तो बाटो खन्न नपर्ने बताउँदै प्रवक्ता अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा

ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केबल तार छिराइने प्राधिकरणले जनाएको छ । यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ । यो खुसिको खबरलाई सक्दो सियर गरेर सबै माझ पुराउनुहोला ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com