बहिनि बुवा र मेरो बिचल्ली पारेर मेरो आमा भगाउने सुरेसलाइ चप्पल खोले बालकले, आमालाई प्रहरीले पि’टेको देख्दा रोए (भिडियो)


काठमाडौं । एक महिना भन्दा धेरै दिन देखि सम्पर्क विहिन भएकी शर्मिला सुनारका दुई छोराछोरीले आज प्रहरी कार्यालयमा भेटेका छन् । आमा अर्कै पुरुषसंग सुनवलमा फेला परेपछि प्रहरीले कार्यालयमा लिएर गएको थियो । उनलाई सुनौली स्थित एक कोठावाट प्रहरीले लिएर गएको हो । उनी नेपालगन्जमा एक पुरुषसंग एक महिना यता संगै बस्दै आएको छिमेकीले बताएका छन् । श्रीमती सम्पर्क विहिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थालेका थिए । एक महिना पछि उनी अन्तत फेला परेकी छन् ।

दुई छोराछोरीकी आमा समेत रहेकी प्रमिला सम्पर्क विहिन भएपछि उनका श्रीमान र परिवारका सदस्य निकै चिन्तित थिए । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिकी हुन् । आमालाई भेट्न छोरा बशन्त र दिपा प्रहरी कार्यालय गएका थिए ।

दुई बालबालिकाले यतिका दिन पछि आमालाई देख्न पाउँदा माया लागेको बताए । युट्युवरले ति साना बालबालिकालाई प्रश्न सोध्दा दिपा त बोल्नै सकिनन् । बशन्तले भने आमालाई पहिलो पटक भेट्दा नरमाइलो लागेको बताए । उनी आमालाई देखेर रोए त्यतीबेला आमाले नरोउ भनेर भन्दा प्रहरी आन्टीले आमालाई पि’टेको बताए । ममीलाई पि’टेको देखेर प्रहरी आन्टी देखि रिस उठेको बताए ।

ममीको हालत देखेर निकै रुन मन लागेको बताए । बुवासंग बसेर आफु रोएको सुनाए । साथै ति बालकले आफ्नो आमालाई भगाई लाने युवक सुरेसलाइ चप्पलले पि’ट्न मन लागेको बताए तर प्रहरीको निगरानीमा रहेकोले आफु केहि गर्न नसक्ने भएकाले केहि नगरेको बताएका छन् ।
गलत काम गर्नेलाई मेरो मिसले पनि सम्झानु पर्छ नसम्झीए पि’ट्नु पर्छ भन्ने सिकेको छु त्यसैल गलत काम गर्ने सुरेसलाइ पि’ट्न मन लागेको तर आफुले नपाएको बताएका छन् ।

बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौली बाट एक जना पुरुष संगै भेटिएकी हुन् । वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थिइन् । स्रोतको अनुसार प्रमिलाको साथमा एक जना पुरुष पनि फेला परेको बुझ्नमा आएको छ। यद्धपी यसको बारेमा पत्रकारको फेसवुक स्टाटस बाहेक अन्य कुनै आधिकारीक सूचना भने प्राप्त भएको छैन ।

श्रीमती हराएको भन्ने खबर सुनेर बिदेशबाट ईमरजेन्सी भिजामा आएका श्रीमान बिगतका केहि दिनदेखि रुँदै श्रीमतीको खोजीमा लागेका थिए भने उनले सबै मिडियालाई सहयोगको लागि अपिल गरेका थिए। उनको छिट्टै केहि दिनमा विदेश फर्कन पर्ने बाध्यता रहेको पनि उनले बताएका छन् । उनले मिडियामा अपिल गर्दै सार्वजनिक गरेको जानकारी यस्तो छ । सन्तोषले श्रीमती खोजिदिनु भन्दै यसरी सबैसंग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com