यस्ती थिइन् जंगबहादुर राणाकी आमा गणेशकुमारी


काठमाडौं । रा णा प्रथम प्रधानमन्त्री जंगबहादुर रा णा की आमाको भन्दै सामाजिक सञ्जालमा एक तस्विर भा इ रल बन्दै गएको छ । जंगबहादुरकी आमा गणेशकुमारीको तस्विर भन्दै सामाजिक सञ्जालमा भा इ रल बन्दै गएको हो । गणेशकुमारी प्रधानमन्त्री भिमसेन थापाका भाइ नैनसिंह थापाकी छोरी तथा प्रधानमन्त्री माथवर सिंह थापाकी सहोदर बहिनी हुन्। उनै गणेशकुमारीको तस्विर सार्वजनिक भएको हो । यद्यपि यो तस्विरको वास्तविकता भने पुष्टि हुन बाँकी छ । सार्वजनिक तस्विर गणेशकुमारीको हो या होइन दुवै कोणबाट सामाजिक सञ्जालमा विचार व्यक्त भएका छन् ।

जंगबहादुर नेपालको रा णा शा स न सुरुवात गर्ने प्रथम रा णा प्रधानमन्त्री हुन् । उनले वि.सं. १९०३देखि वि.सं. १९१३ साउन १७ गतेसम्म र वि.सं. १९१४ जेष्ठ ११ गतेदेखि वि.सं. १९३३सम्म दुईपटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए । कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। आफ्नो कार्यकालमा अङ्ग्रेजसँगको ल डा ईंमा गुमेको मध्ये अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको तराई हालको बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा फर्काउन जंगबहादुर सफल भएका थिए । अहिले सो भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com