सूर्य भगवानको पूजा गर्दा यो मन्त्र जप्नाले हुन्छ फलिफाप


आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ । आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।

यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरः।।

ॐ सूर्याय नमः, ॐ आदित्याय नमः, ॐ नमो भास्कराय नमः।
अर्घ्य समर्पयामि।।

जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

नेपालगञ्ज । १० रुपैयाँमा खाना , त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि १० रुपैयाँमै खाना दिने पुण्य काम गर्दै आएका हुन् ।

सदरलाइनस्थित नगर भवन अगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर १० रुपैयाँमै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सयसम्म सर्वसाधारण खाना खान पुग्छन् । “आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”, उनले भने ।

उनन्सत्तरी वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आएका थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । “छोराहरु व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ”, अग्रवालले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स सञ्चालन गरिरहेका छन् ।

दुई दशकभन्दा बढी समय सङ्घमा रहेका आदेश अहिले कोषाध्यक्ष हुन् भने आगामी माघ ११ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उद्योगतर्फ उपाध्यक्ष उम्मेदवार बनेका छन् । त्यस्तै कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । उनलाई नेपालगञ्जका अरू प्रतिष्ठित व्यवसायीले पनि साथ दिएका छन् ।

उनले शुरु गरेको काममा नेपालगञ्जका प्रतिष्ठित व्यवसायी सञ्जय अग्रवाल, विजय गुप्ता, रञ्जीत लखेर, सञ्जीत ज्वेलर्सका साथ रहेको छ । अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने योजना बनाएका छन् । “यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ”, अग्रवालले भने, “बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु ।”
रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com