गर्लफेन्ड जर्जिनालाई मासिक ८० हजार डलर दिन्छन् रोनाल्डो


गर्लफेन्ड जर्जिनाएजेन्सी, ७ फागुन । इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नी गर्लफ्रेन्ड जर्जिना रोड्रिग्वेजलाई घर खर्चका लागि मासिक ८० हजार डलर दिने गरेका छन् ।

चर्चित मिडिया ‘द सन्’का अनुसार पोर्चुगिज स्टार रोनाल्डोले घर खर्चका लागि जर्जिनालाई मासिक ८० हजार डलर दिने गरेका छन् । ३५ वर्षीय रोनाल्डो र जर्जिनाको हाल ४ सन्तान छन् ।

इटालियन मिडिया डेल्लो स्पोर्ट्सका अनुसार रोनाल्डो र उनको परिवार प्रायः उनकी आमासँगै बस्छन् । २६ वर्षीय जर्जिनासँग खुशी साथ बसेका उनले आफ्नो तलबबाट आउने रकममध्ये ८० हजार डलरचाहिँ घर खर्चका लागि छुट्याउने गरेका छन् ।

रोनाल्डो र जर्जिना धेरैजसो बिदामा विभिन्न नयाँ ठाउँमा घुम्न जाने गर्दछन् । विश्वका धनि फुटबलरमध्ये एक रहेका रोनाल्डोको फुटबल कमाइ वार्षिक २८ मिलियनबराबर रहेको बताइन्छ । यता, मोडलसमेत रहेकी जर्जिनाको कमाइ पनि राम्रो छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा गरेको एक पोस्टबाट ६ हजार डलर कमाउँछिन् । इन्स्टाग्राममा १६.५ मिलियन फलोअर्स रहेकी उनले रोनाल्डोलाई जन्मदिनमा उपहारस्वरुप कार दिएकी थिइन् ।

फेब्रुअरीको पहिलो साता आफ्नो ३५औं जन्मदिन मनाउँदा रोनाल्डोलाई उनकी गर्लफ्रेन्ड जर्जिनाले ९३ हजार डलर बराबरको ‘मर्सडिज जी वागन’ उपहारस्वरुप दिएकी थिइन् ।लाई मासिक ८० हजार डलर दिन्छन् रोनाल्डो

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com