कोरोनाभाइरसको भ्याक्सिन पत्ता लाग्यो, वैज्ञानिकले आफैं लिए पहिलो डोज


काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को भ्याक्सिन पत्ता लागेको छ । चीनको तियानजिन विश्वविद्यालयले यसको ओरल (खाने) भ्याक्सिन आविष्कार गरेको हो ।

यो भ्याक्सिनको विकास गर्ने वैज्ञानिक प्रोफेसर हुआङ जिन्हाइले स्वयं यो भ्याक्सिनको ४ डोज लिएको र कुनै पनि किसिमको साइड इफेक्ट महसुस नगरेको चीनको मिडिया ग्लोबल टाइम्सले लेखेको छ । विश्वविद्यालयले अब यसको क्लिनिकल परीक्षण र अन्य कामको लागि पार्टनरको खोजी गरिरहेको छ ।

यो भ्याक्सिनले शरीरमा कोरोनाभाइरससँग लड्नको लागि प्रतिरक्षा एन्टिबडीको निर्माण गर्ने समाचारमा जनाइएको छ । प्रोफेसर हुआङको टिमले यो भ्याक्सिनको क्याप्सुल, मिल्क ट्याब्लेट र ग्रानुलर फर्मुलेसनको रुपमा नमूना तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com