वैवाहिक बन्धनमा बाँधिन लागेकी आँचललाई पलको मनछुने सन्देश


काठमाडौं । केही समय अघि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा रहेको चर्चा जताततै थियो । यो जोडीलाई पर्दामा मात्र होइन दर्शकले वास्तविक जीवनमा पनि सदैव सँगै हेर्न चाहने दर्शकको संख्या पनि उत्तिकै थियो ।

तर पर्दाको सबै जोडीले कहाँ जीवन एक अर्कासँगै बिताउँछन् र दर्शकको मनले एक थोक खोजे पनि उनीहरूको व्यक्तिगत जीवन अर्कै हुन्छ । दर्शकले ‘आँप’ जोडीको रूपमा मन पराएका आँचल र पल एकसाथ नदेखिनु को कारण हो आँचलको विवाह । केही समय यता फिल्म इन्डस्ट्रीमा आँचल विवाह बन्धनमा बाँधिने हल्ला चलिरहेको छ र यसलाई उनले पनि स्वीकार गरेकी छिन् ।

आँचलले उनका प्रेमी डाक्टर उद्दीप श्रेष्ठ सँग यही वर्षको अन्त्यमा विवाह गर्दै छिन् । यस विषयमा अभिनेता पल लाई पनि थाहा छ ।आँचलको विवाह हुन लागेको थाहा पाउँदा खुसी व्यक्त गर्दै उनले भने, “दर्शकहरूले आँप जोडीलाई मन पराइदिनु भयो यो खुसीको कुरा हो ।

कत्तिलाई त हामी साँच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो ।हामी मिल्ने साथी मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सीमित भएको हो । आँचलले विवाह गर्दै हुनुहुन्छ जुन खुसीको कुरा हो । आँचललाई विवाह बन्धनमा बाँधिन लागेकोमा शुभकामना दिन चाहन्छु” ।

यो पनि…प्रेम गर्ने केटा फेला परेको छैन, मेरो पेशा बुझ्ने र साथ दिनेसँग मात्र विवाह गर्छु : नायिका बिसी

काठमाडौं । पछिल्लो समयकी चर्चित नायिका एवं मोडल दिपाशा बिसीले आफुसँग प्रेम प्रस्ताव हजारौंको संख्यामा आउँने गरेको बताएकी छिन् । करिब दुई वर्ष नृत्य प्रशिक्षण र एकवर्षे अभिनय प्रशिक्षणपछि चलचित्र ‘दुलही रानी’बाट डेब्यु गरेकी दिपाशा बिसीको अभिनय यात्रा आठ वर्ष लगभग पुगेको छ

अहिले उनलाई चलचित्रमा भन्दा पनि ‘म्युजिक भिडियो मोडलिङ’मा भ्याइनभ्याइ छ । सुर्खेत वीरेन्द्रनगरकी दिपाशा अध्ययनसँगै ‘कला करिअर’ बनाउन काठमाडौं आएकी थिइन् । उनले ६ वर्षको ‘म्युजिक भिडियो करिअर’मा ५ सय ९ भिडियोमा मोडलिङ गरिसकेकी छन् । दिपाशाले भारतीय गायिका सञ्जीवनीको स्वर रहेको हेमन्त शिशिरको ‘तिमी थोरै‘,’बाट म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।

त्यस्तै, कृष्ण रेउलेको ‘अझै छु म पागल बनेको‘,’ झरक संगीतमको ‘नानी आँखामा‘,’ हरि विष्टको ‘माइतीको देशमा‘,’ रामजी खाँडको खोया‘,’ गोपाल नेपाल जीएमको ‘नक्कली मोरी‘,’ स्वरूपा रसाइलीको ‘तिम्रै काखमा‘,’जस्ता हिट गीतको भिडियोमा उनले अभिनय गरेकी छन् । स्टेजमा पनि उत्तिकै व्यस्त हुने गरेकी छन्, दिपाशा ।

नायिका बन्ने सपना बुनेकी दिपाशाले ‘दुहली रानी’पछि ‘झेली,’ ‘ताल,’ ‘बिरानो माया’जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको फिल्म ‘रमिता’ प्रदर्शन तयारीमा छ । उनी आफुले मायामा विश्वास गर्ने बताउँछिन् । मायाले नै संसार चल्ने भएको हुँदा आफुलाई पनि मायामा विश्वास लाग्ने उनले जानकारी दिइन् । उनी अगाडि यो पनि बताउँछिन् कि उनको अहिले कोही प्रेमी छैन तर हुनेछ भन्ने कुराको विश्वासमा उनी छिन् । उनलाई ‘म तपाँईलाई लभ गर्छु, माया गर्छु’ भन्ने धेरै छन् । माया गर्छु भन्नेलाई उनले ‘धन्यवाद’ भन्ने गरेकी छिन् । सिरियससँग प्रेम गर्ने केटा फेला परेको छैन । उनको पेसा कलाकारिता भएकाले कलाकारिता बुझ्ने र साथ दिनेसँग मात्र उनले विवाह गर्ने स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com