फुटबलर हुनुभन्दा अगाडी नै धनी रहेका ६ फुटबलर


ग्लोबल फुटबलमा प्रिमियर लिग सबैभन्दा बढि रुचाइने लिगका रुपमा लिइन्छ । प्रिमियर लिगमा खेलाडीले कम्तिमा ६१ हजार देखि साढे तीन लाख पाउण्ड भन्दा बढि साताको तलव खान्छन । केहि खेलाडी गरिव परिवारबाट धनी भएका हुन्छन भने केहि खेलाडी पहिले नै सम्पन्न रहेका छन ।

आज हामी केहि त्यस्ता फुटबलरका बारेमा कुरा गर्नेछौ, जो फुटबलर हुनुभन्दा अगाडी नै सम्पन्न थिए ।

हुगो लोरिस

टोटनह्याम तथा फ्रेन्च गोलकिपर लोरिस फुटबलमा आउनुभन्दा अगाडी नै धनी ब्यक्ति थिए । उनी बाल्यकालबाट नै सम्पन्न परिवारमा हुर्किएका थिए ।

उनकी आमा एक सफल वकिल थिइन भने उनका बुवा लुक बैंकर थिए । बाल्यकालमा उनी सम्पन्न तरिकाले हुर्किए । उनले कहिलेपनि गरिवीको महसुस हुन गर्न पाएनन् । चाहेको कुरा परिवारले पुर्याए । फुटबलर भएपछि उनी आफु नै सम्पन्न तरिकाले कमाउने भएका थिए ।

रोविन भान पर्सी

फ्लाइङ डच भनेर उपनाम पाएका रोविन भान पर्सीले फुटबल पिचमा आफ्नो कलात्मक प्रदर्शनले विश्वलाई नै चकित पारेका थिए । उनले बाल्यकालमा पनि कुनै कमीको महसुस हुन पाएनन् ।

उनका पिता एक सफल प्रतिमा बनाउने ब्यक्ति थिए । उनकी आमा जोसी रास पेन्टर र गहनाको डिजाइनर थिइन । पुर्व आर्सनल तथा म्यानचेस्टर युनाइटेडका खेलाडी रोविनले आफ्नो कलालाई फुटबल मैदानमा खेलाएर झन सम्पत्ती जोडेका थिए ।

जेरार्ड पिके

स्पेनीस खेलाड जेरार्ड पिकेले विश्वमा जित्नुपर्ने सबै प्रतियोगिता जितेका छन । चाहे त्यो क्लवबाट होस या राष्ट्रिय टिमबाट ।

कोलम्बियन गायीका साकिरासँग विवाह गरेका पिके फुटबलर हुनु भन्दा अगाडी पनि धनी नै थिए । उनका पिता वकिल र ब्यापारी थिए । उनकी आमा बार्सिलोनाको एक अस्पतालको डाइरेक्टर थिइन । यसका साथै उनकी हजुरआमा बार्सिलोनाको पूर्व डाइरेक्टर थिइन । उनले खेलाडीका रुपमा झन धन आर्जन गर्न सफल भए ।

मारियो गोट्जे

गोट्जेका बुवा जुर्गेन गोट्जे एक चर्चित प्रोफेसर थिए । हालपनि उनको बुवा डर्टमुन्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा काम गर्छन । तर १९९० को ताका सिनियर गोट्जे अमेरीकी युनिभर्सिटी यालीको कम्प्युटर साइन्स डिपार्टमेन्टको सदस्य थिए ।

बुवाको सिको गरेर उनले पनि बोरुसिया डर्टमुन्डमा युथ सिस्टममा लगानी गरेका थिए । त्यसका साथै उनले आफुलाई फुटबल पनि बनाए । जसका कारण उनी सफल खेलाडी बन्न सफल भए ।

आन्द्रे पिर्लो

आन्द्रे पिर्लोले आफ्नो परिवारको नामलाई चर्चित बनाउनु अगाडी नै उनका बुवा एक सफल ब्यापारी थिए । १९८२ मा सिनियर पिर्लोले ब्रेसिकामा स्टिल कम्पनी चलाएका थिए । युभेन्टसका पुर्व मिडफिल्डर आन्द्रे पिर्लोले खेलाडी भन्दा अगाडी नै कुनै कुराको कमी महसुस गरेनन् ।

उनले खेलाडी हुँदापनि समय समयमा पिताको ब्यापारमा सहयोग गर्थे । अहिले खेलाडीपछि पनि उनी त्यो ब्यापारमा संलग्न रहेका छन ।

फाइक बोल्की

लेस्टर सिटीका मिडफिल्डर फाइक बु्रनाइको सुल्तान परिवारका सदस्य हुन । विश्वको धनी फुटबलरमा पर्ने उनीको परिवाले बु्रनाईमा राज गरेको छ ।

उनका दाई ब्रनाईका सुल्तान हुन । जसले ब्रुनाईमा राज गर्छन । त्यसका कारण पनि उनले एक सम्पन्न परिवारमा हुर्किएका हुन । विश्वमा भएका महंगा बस्तुलाई प्रयोग गर्नपाउने बानी बाल्यकाल देखि नै थियो ।

सम्पन्न परिवारका भएपनि उनले आफुलाई सफल फुटबलरका रुपमा अगाडी बढाए । सन् २०१६ मा चेल्सीबाट लेस्टरमा अनुबन्ध भएका बारेमा अहिले एकिन समाचार भने बाहिर आएको छैन ।

उनी अझैपनि लेस्टरबाट खेल्छन की खेल्दैनन् भन्ने एकिन छैन । उनको अनुमानीत सम्पत्ती २० बिलियन डलर रहेको छ । जुन कुनैपनि क्लवको मालिकको भन्दा बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com