बिदेशिएका दाजु भाइको पिडा बोकेको गीत ‘परदेशमा’
बिदेशिएका दाजु भाइको पिडा बोकेको गीत ‘परदेशमा’, बिदेशिएका दाजु भाइको पिडा बोकेको गीत ‘परदेशमा’
थप समाचार –
राजविराज, १७ चैत्र (रासस) : प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा देखिएको रुढीवादी परम्परा नहटेसम्म समाजको विकास हुन नसक्ने बताउनुभएको छ ।
चित्रगुप्त सेवा समितिले ५० वर्ष पुगेको अवसरमा आज राजविराजमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहमा उहाँले जातीय विभेद, सामाजिक असमानता र दाइजो प्रथाले समाजको विकास हुन नसकेकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेपालमै पहिलो पटक सप्तरीमा चित्रगुप्त मन्दिरको स्थापना हुनुमा आफूलाई पनि गर्व महसुस भएको बताउँदै उहाँले समितिले समाजका हरेक क्षेत्रमा विकृति र विसंगतिलाई हटाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अतिवादी रुढीवादी परम्पराको चक्रब्यूहमा परेको समाजलाई परिवर्तन नगरेसम्म सामाजिक विकास हुन नसक्ने बताउनुभयो । जातीय सहिष्णुता कायम नभएसम्म सामाजिक विकास हुन नसक्ने उहाँको भनाइ थियो ।
प्रदेशसभा सदस्य मनिष कुमार सुमनले दहेज प्रथा उन्मुलन गरेमात्र समाजको उत्थान हुने बताउनुभयो ।
प्रदेशसभा सदस्य रुवी कर्णले संघीय संरचनाको आधारमा पहिचान हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले समाजमा फैलिएको दहेज प्रथासमेत अन्त्य हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा उपस्थित बिशिष्ट अतिथि, अतिथि तथा फोरम अध्यक्ष उपेन्द्र यादवसहितलाई दोसल्ला ओढाएर चित्रगुप्त समाजले सम्मान गरेको थियो ।
त्यस्तै, राष्ट्रिय समाचार समिति (रासस)का सप्तरी प्रतिनिधि अरुणकुमार यादव, पत्रकार हेमशंकर सिंह, ओमप्रकाश साह, ललिता साहलगायत आधा दर्जन पत्रकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।