पत्रकारसंग होलि खेल्दै अनाथ बालबालिका

उर्लाबारी, मोरङ, १८ फागुन (रासस) : होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ ।

क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।

सो अवसरमा मोरङ क्षेत्र नं.१ (क) का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले मुलुकको समृद्धि अभियानमा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host