आगलागीबाट १६ घर नष्ट

इनरुवा, १८ चैत (रासस): सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ ।
श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भारतको विरपुरबाट आएको दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रण लिएको थियो ।
यसैबीच, कोशी गाउँपालिका ६ नं वडा कार्यालयले आगलागीपीडितलाई राहत वितरण गरेको छ ।
अग्नि पीडितलाई तत्कालका लागि चिउरा, भूजासहिका राहत सामग्री वितरण गरिएको वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host