ठगी आरोपमा पक्राउ

काठमाडौँ, १८ फागुन (रासस):  महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ ।

अभियुक्त दुवैको स्थायी घर दाङ भई हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका छन् । अमेरिका जानका लागि पीडितलाई विभिन्न मितिमा फ्लाइट गराइदिन्छु भनी सम्पर्कविहीन उनीहरुलाई सात जनाको उजुरीका आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host