डुबानको अन्त्य, सीमा अतिक्रमण बन्द गर्नुपर्नेमा जोड

काठमाडौँ, २० चैत ९रासस०: प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको भारत भ्रमणका समयमा मुलुकको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भारतसँग छलफल गर्नुपर्नेमा विभिन्न दलका नेताले सुझाउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानाका कारण दुवै देशमा परेका अप्ठ्यारो पक्ष, मुलुकको व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशी वस्तु निर्यात, सम्झौता भएर कार्यान्वयन नभएका परियोजनाकाबारे छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको बताउँदै अहिले सबैभन्दा धेरै व्यापार भारतसँगै रहेकाले व्यापार तथा पारवहनलाई सन्तुलित बनाउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको तराईमा वर्षेनी हुने डुबान तथा सीमा अतिक्रमणका समस्या समाधान गर्न समझदारी गर्नुपर्ने बताउँदै चाँडोभन्दा चाँडो विगतमा भएका सम्झौतालाई कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
नेकपा ९एमाले०का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै आउँदो बर्खामा तराई डुब्न नदिनका लागि वार्ता छलफल र कार्यक्रम तय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले बुद्ध भारतमा जन्मिएको भनेर भारतीयतर्फबाट एकतर्फीरुपमा गलत प्रचार भएको जनाउँदै प्रधानमन्त्रीले सो विषयमा समेत भ्रमणका क्रममा स्पष्ट गर्नुपर्ने बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीले भारतसँग यसअघि भएका हुलाकी राजमार्ग, प्रसारण लाइन, जलविद्युत्लगायतका धेरै महत्वपूर्ण परियोजना सम्पन्न भइसकेको हुँदा प्रधानमन्त्रीको भारत भ्रमणमा ती कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host