गुफा क्षेत्रको विकासको माग गर्दै ज्ञापनपत्र
अनिल खत्री , संबाददाता, पोखरा १९ फागुन, महेन्द्रगुफा चमेरे गुफा पर्यटकीय विकास सरोकार समुदायले गुफा क्षेत्रको व्यवस्थित विकासको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।महेन्द्रगुफा र चमेरेगुफाले वार्षिक रुपमा करोड भन्दा बढी आम्दानी गरे पनि, आम्दानी अनुरुप विकास नभएको भन्दै समुदायले पोखरा लेखनाथ महानगर पालिका वडा नम्वर– १६ का वडाध्यक्ष जीवन प्र. आचार्य र विन्दवासिनी मा.वि.लाई ज्ञापनपत्र बुझाएको संयोजक केशव वस्नेतले जानकारी दिनुभयो। समुदायले स्वायत्त महेन्द्रगुफा पर्यटकीय विकास समिति गठन गर्नुपर्ने, गुफाको आम्दानी गुफा क्षेत्रकै विकासमा लगाउनुपर्ने, गुफा परिसरमा फुट ट्याक निर्माणसँगै ढल नालाको व्यवस्थापन गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
समुदायका संयोजक बस्नेतले शिक्षण गतिविधिमा व्यस्त रहनुपर्ने विद्यालयले पर्यटकीय क्षेत्र ओगटेर बस्दा समस्या आएको बताउनु भएको छ।
गुफाको आम्दानी केही प्रतिशत मात्र विकासमा लगाए पनि त्यस क्षेत्रको विकास हुने उहाँको भनाई छ। समुदायले ज्ञापनपत्रमा गुफा क्षेत्रबाट प्राप्त हुने आम्दानीको सही सदुपयोग नभएको भन्दै जिम्मेवार निकायलाई खबरदारी गरिदिन आग्रह समेत गरेको छ।
उसले समग्र बाटुलेचौर र क्षेत्रको विकासका लागि गुफा महोत्सव गर्न र बाटुलेचौरलाई माथिल्लो पोखराको राजधानी बनाउन माग गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो।महेन्द्रगुफा बाट आर्थिक वर्ष २०७३र२०७४ मा १ करोड १५ लाख र चमेरे गुफाबाट १ करोड ७ लाख रुपैया आम्दानी भएको पनि समुदायले जनाएको छ।गुफाबाट प्राप्त आम्दानी विन्दवासिनी मा।वि ले उपभोग गर्दै आइरहेको छ।