‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै जनसागर कुर्ले पछी भारत चुप, नेपालले बनायो नयाँ किर्तिमान, हेनुहोस भिडियो

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम सम्पन्न भयको छ ।
बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईएको आयोजकले बताए ।
आयोजकका अनुसार ,‘बुद्ध धर्म शान्ति, सद्भाव, न्यायपूर्ण समाजको प्रतिविम्ब हो, यसलाई कसैले निजी धर्म नठकानीकन सबैको साझा सम्पतिका रुपमा लिनुपर्छ, विश्वमा गौतम बुद्धप्रति भैरहेका भ्रमहरुलाई चिर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो, विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएको छ, हामीले त्यस प्रकारका भ्रमहरुलाई चिर्नुपर्छ ।’
यस कार्यक्रम केबल विश्व रेकर्ड तोड्नको लागि मात्रै होईन स्वाभिमान र राष्ट्रियताको लागि हो, अर्को कुरा ७५ हजार मानिसको नाम रेकर्ड हुने हुँदा सबै जनालाई उपस्थित हुनको लागि भन्दै आग्रह गरियको थियो , बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको थियो ।
उक्त कार्यक्रमका प्रधान मन्त्रि के . पी . ओली , सद्भावना दुत डा.भोला रिजाल, कलाकार राजेश हमाल, रबि लामिछाने लगायत धेरै कलाकार, राजनीतिज्ञ, सर्बसाधारणहरु उपस्थिति थियो
फागनु १९ गते राजधानीको टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भनि वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु चिनाउन विश्व किर्तिमानि परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । बिस्तृतमा यस भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host