काठमाडौँ, १९ फागुन (रासस):साहित्यकार तोयनाथ पौडेलद्वारा लिखित ‘कालीगण्डकीदेखि क्यानाडासम्म’ नामक उपन्यास सार्वजनिक भएको छ ।
शताब्दी साहित्य प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रा डा जगमान गुरुङ र प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
आफ्नो भोगाइ र यात्रालाई समावेश गरेर तयार गरिएको उपन्यास साहित्यकार पौडेलको तेस्रो कृति हो । विसं २००० साउन २५ गते कास्कीमा जन्मिनुभएका पौडेलका यसअघि ‘जीवन र संघर्ष’ (आख्यानात्मक कृति) र ‘सम्झौता’ (उपन्यास) प्रकाशित छन् ।
सोही अवसरमा प्रा डा गुरुङ, प्रतिनिधिसभा सदस्य जगत विश्वकर्मा र डा राजाराम सुवेदीले कृतिमाथि चर्चा गर्नुभयो ।