इजरायलद्वारा अफ्रिकी आप्रवासीबारे राष्ट्रसंघसँगको सम्झौता रद्द गर्ने

जेरुसेलम, २० चैत (रासस/एएफ्पी) : इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि गरिएको सम्झौतालाई रद्द गर्न लागिएको बताउनुभएको छ ।

इजरायली दक्षिणपन्थी समूहको बढ्दो दवावका कारण नेतन्याहुले उक्त कदम चाल्नुभएको बुझिएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौतालाई फिर्ता हुने घोषणा गर्नुभएको थियो ।

समाचारलाई स्थानीय प्रशारण तथा छापाका सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् । उहाँले दक्षिणपन्थी राजनीतिक समूह तथा उहाँका कैयों आफ्नै समर्थक समेतमा देखिएको तातो रिस साम्य गर्न सम्झौताबाट पछि हट्ने निर्णय लिएको बताउनुभएको थियो ।

सोमबार राती पोष्ट गरेको फेसबुक सन्देशमा पनि नेतन्याहुले आप्रबासीका सम्बन्धमा राष्ट्रसंघीय आप्रवासी मामला हेर्ने निकायसँग गरेको सम्झौतालाई व्यापक छलफलपछि रद्द गर्ने निर्णयमा पुगेको बताउनुभएको छ ।
सम्झौताले अस्थायी रूपमा नै भएपनि हजारौँ आप्रबासीलाई इजरायलमा रहनसक्ने व्यवस्था गरेको थियो । उहाँले सम्झौता खारेज नै हुने मङ्गलबार इरानी सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host