रेजिनाको चमक
नायिका रेजिना उप्रेतीको चर्चा अहिले चलचित्र बजारमा खासै छैन । बिहेपछि घरयासी जीवनमा नै रमाइरहेकी रेजिना केहि बर्ष अगाडिसम्म गसिपमा धेरै रमाइन् ।
रेजिना उप्रेती बिहे गरेको केहि बर्ष हराएपनि अहिले सार्वजनिक कार्यक्रममा पुग्न थालेकी छिन् । छोरीकी आमा भएपछि मोटाएकी रेजिनाले अहिले आफूलाई निकै मेन्टन पनि गरेकी छिन् । यसैले, सार्वजनिक कार्यक्रममा पुग्दा उनका पहिरन फेरिएका छन् ।उनले, चलचित्र कलाकार संघले आयोजना गरेको ‘दोश्रो फान अवार्ड’मा नृत्य समेत प्रस्तुत गरिन् । यसैले, पनि रेजिनालाई फेरि चलचित्र क्षेत्र र पर्दाको मोह जाग्न थालेको वुझ्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्