“नेपालप्रति पाकिस्तानी,को नजर : स्वर्गको एक टुक्रा झै लाग्छ, केटाहरु अत्याधिक, ह्याण्डसम छन्”

“हाम्रो देश भुगोलमा सानो भए पनि यसको सुन्दरताका अगाडि कोही टिक्न सक्दैनन् ।प्रकृति, धर्म, संस्कृति जस्ता कुराले गर्दा विदेशी पर्यटकहरू नेपाल आउँन रुचाउँछन् ।”

“सुन्दर हिमाल, पहाड, तराईका फाँट र विभिन्न झरना हेर्न नेपाल पुग्नुपर्छ । नेपाललाई लिएर विश्वभरका देशका मानिसहरु राम्रो कुरा बोल्न चाहान्छन् ।”

“सामाजिक सञ्जालमा एक भिडियो भाइरल हुँदैछ, जहाँ पाकिस्तानी जनताले नेपालबारे धेरै कुराहरु बोलेका छन् । एक करिब १० वर्षका पाकिस्तानी बच्चाले आफूलाई नेपाल सुन्दर लाग्ने बताए ।”

“उनलाई नेपालको धेरै माया लाग्छ । अर्को एकजनाले भनेका छन, ‘म नेपाललाई माया गर्छु, नेपालमा विभिन्न जातजाति भए पनि नेपालीहरु मिलेर बसेकोले मलाई खुःशी लाग्छ ।”

“नेपालीहरुले पनि पाकिस्तानलाई माया गर्नेमा म विश्वस्त रहेको छु ।’ पाकिस्तानी महिलाले नेपाली पुरुषलाई मन पराउँछन् । नेपाल सानो भए पनि निकै राम्रो रहेको धेरैको बुझाई रहेको छ ।”

“नेपालमा बस्ने मानिसहरु आफूलाई राम्रो लाग्ने र मनाउने चाडपर्व निकै रोचक भएको पनि धेरैले बताए । नेपालको झण्डा धेरै सुन्दर रहेको, बताउँदै नेपाली खाना दाल, भात, तरकारी गज्जब लाग्ने बताए ।”

“एक युवकले भने, म नेपाल गएको छु । त्यहाँको प्राकृतिक सुन्दरता हेर्दा लाग्छ, स्वर्ग भन्ने एक टुक्रा यही हो । भारतसँग नजिक भए पनि नेपाललाई उनीहरु दुश्मनका रुपमा हेर्दैनन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host