“हर्क साम्पाङ भन्छन्- ‘म संग टक्कर लिने, व्यक्ति मात्रै होइन, दल नै सिद्धिन्छ”

“धरान : धरानका मेयर हर्क साम्पाङले अाफु संग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । बुधवार दिउसो सर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा व्यक्त गरेका हुन् ।”

“उनले अहिले सम्म आफ्नो अभियानलाई निस्तेज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगारो लगाउन खोजेको भन्दै मेयर साम्पाङले भने – ‘मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिडने मान्छे होइन ।’

“बराह पीडितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिल्यै पनि पीडितको पक्षमा रहेको र अहिले पनि आफू पीडितले न्याय पाउनुपर्छ भन्ने रहेकोले धरान उपमहानगरपालिकाले बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए ।”

“तर अराजक तत्त्वहरूले आफू विरुद्ध मुर्दावादको नारा समेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसा समेत तोडफोड गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। त्यसैले ती अराजक तत्त्वहरूको कानुनी उपचार हुनुपर्ने पक्षमा आफू रहेको समेत बताए।”

“उनले भने, “मेरो त खुट्टा छैन पखेटाले उड्ने मान्छे हुँ है उहाँहरुलाई भ्रम लागेको होला हर्क साम्पाङको खुट्टा तान्छु भनेर। चिलको खुट्टा तान्दा के हुन्छ- कोतर्दिन्छ, उडेर गईहाल्छ त्यही हो। हर्क साम्पाङको खुट्टा तान्न सजिलो छैन, मेरो विरोधीहरुले यो कुरा बुझिराख्नु। उहाँहरुले कल्पना जति गरिराख्नु भएको छ नि त्यो भन्दा १०० गुणा बढीको मान्छे हो म, यो कुरा चाहिँ बुझ्नुस्।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host