“एमाले जनताको पार्टी नभएर, ओलीको निजी, पार्टी भयो : उपाध्यक्ष बस्नेत,

“धरान : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले, अबको संघ र प्रदेशको चुनावमा एमालेले लज्जास्पद, हार बेहोर्ने बताएका छन्।

“उनले स्थानीय निर्वाचनमा एउटा महानगरपालिका पनि नजितेको भन्दै आगामी चुनावमा ,जनताले समाप्त पार्ने ठोकुवा गरेका छन्।

“समाजवादी प्रेस संगठन प्रदेश १ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले एमाले जनताको पार्टी नभएर ओलीको निजी, पार्टीमा परिणत भएको बताए। ओली निरकुंश, अहंकारी र अनुशासनहीन भएकाले माधव नेपालको नेतृत्वमा बिद्रोह गरेर नेकपा एसको जन्म भएको उनको भनाइ थियो।

“बस्नेतले नेकपा एस स्थापना हुने बित्तिकै स्थानीय चुनावमा चौथो पार्टी भएकाले अबको चुनावमा दोस्रो पार्टी बन्ने दाबी गरेका छन्। बस्नेतले, आगामी निर्वाचनमा गठबन्धन दलहरूमा इमान्दारीता हुनुपर्ने बताए। उनले गठबन्धन दलहरूमा इमान्दारिता ,भए एमालेले एकसिट पनि जित्न नसक्ने ठोकुवा गरे।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host