“तनहुँ प्रशासनमा, पहिलोपटक महिला, प्रशासकिय अधिकृत,

“दमौलीःजिल्ला प्रशासन कार्यालय तनहुँ(सिडिओ अफिस)ले पहिलोपटक महिला प्रशासकिय अधिकृत पाएको छ ।”

“तनहुँको शुक्लागण्डकी बेलचौतरा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ तनहुँ सिडियो कार्यलयमा सरूवा भइ आएपछि कार्यालयले पहिलोपटक महिला प्रशासकिय अधिकृत पाएको हो ।”

“अधिकृत श्रेष्ठले चैत देखि आफ्नो काम गर्दै आएकी छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा रहेकी उनी अधिकृतमा नाम निकालेर पहिलो पोस्टिङमा तनहुँ आएकी हुन् ।अंग्रेजीमा स्नातकोत्तर ३७ वर्षीया श्रेष्ठ तनहुँ आएपछि सेवा लिन सहज सेवा पाएको सेवाग्राहीले बताएका छन् ।”

“भिमाद ४ की सुकुमाया क्षत्रीले महिला अधिकृत देख्दा खुशी लागेको बताइन् ।‘आमा समुहको काम लिएर झ्याल नं ७ मा गएको थिएँ, मीठो बोली र व्यवहारले सजिलोसँग गरेर पठाइदिनुभयो,’ क्षेत्रीले खुसी हुँदै भनिन् ।प्रशासन कार्यालयमा पहिलोपटक भएकोले पनि सुरुमा केही दिन नौलो लागे पनि अहिले सामान्य लाग्दै गएको श्रेष्ठले बताइन् ।”

‘यो संवेदनशील ठाउँ पनि हो, काम पनि त्यस्तै खालको हुन सक्छन् म बुझेर मात्रै काम गर्छु,’ श्रेष्ठले भनिन् ।सेवाग्राहीले दुःख नपाउने गरि आँफुले काम गर्ने गरेको उनले प्रतिवद्धता जनाइन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host