सिके राउतको तस्बिरबारे तपोवनका साधक भन्छन् – हाम्रा लागि यो एकदमै सामान्य हो, पुरुषले सन्यास लिँदा…

“जनमत पार्टीका अध्यक्ष सिके राउतले यसैसाता काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनमा १० दिनसम्म ध्यान गरेर सन्यासीको उपाधि लिए।तपोवनमा ध्यान गर्दा राउतको छातीमा एक महिलाले हात राखेको तस्बिर यतिबेला टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल भएको छ।”

“पछिल्लो समय सामाजिक सञ्जालमा आउने फोटो र भिडियोको वास्तविकता कहिलेकाहीँ फरक पर्न सक्छ। जस्तो कि यसअघि राष्ट्रपति कार्यालयमा बालेन्द्र शाह उभिएको तस्बिर एउटा दृष्टान्त हो।

“सिके राउतसँगै पल्टिएकी एक महिला साधकले राउतको छातीमा किन हात राखेकी हुन्? सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरको वास्तविकता के हो? यसबारे तपोवनका साधकसँग प्रश्न गर्दा यस्तो जवाफ पाइयो–

“कुनै पनि तस्बिरको अगाडि पछाडिको सन्दर्भ हेर्यो भने वास्तविकता थाहा हुन्छ, एउटा तस्बिर वा भिडियोको सानो क्लिपलाई मात्रै हेरेर धारणा बनाउन खोजियो भने फरक देखिन सक्छ। सोझो रुपमा हेर्दाखेरि जुन एंगलले हेरे पनि भयो, बंग्याउन पनि मिल्यो।

“यो तस्बिर सिके राउतलाई सन्यास दीक्षा दिने बेलाको हो। दीक्षा दिनेबेलामा स्वामीजीले इनर्जी दिनुहुन्छ। त्योबेला शक्ति पास गर्ने एउटा प्रोसेस हुन्छ। यो एकदमै नर्मल कुरा हो। यसका लागि पूरै भिडिओ हेर्दाखेरि सबैकुरा थाहा भइहाल्छ।

“यो तस्बिर जुन छ, यो सिके राउतजीलाई फिमेल इनर्जी दिइएको हो। कोही पुरुषले सन्यास लिँदाखेरि स्वामीजीले कोही माताजीलाई पनि त्यहाँ राख्नुहुन्छ।

“सन्यास दीक्षा लिनेले हाई इनर्जी रिसिभ गरिराखेको हुन्छ। दीक्षा लिने मान्छे नयाँ हुने भएकाले उसले इनर्जी रिसिभ गर्न गाह्रो हुन्छ। त्यसो हुनाले पुरानो ध्यान गरिरहेको साधकले सँगै बसेर इनर्जीको ब्यालेन्स गर्ने कार्य गर्दछन्।

“सिके राउतको यो फोटो त्यही टाइमको हो। इनर्जी रिसिभ गरिरहेको बेला पुरानो ध्यान गरिरहेको पनि विभिन्न अवस्थामा देखिन्छन्। कहिले करेन्ट लागेको जस्तो हुन्छ। फरक–फरक अनुभूति हुन्छ।त्यही अनुभूतिको टाइममा उहाँ पनि ढल्नुभएको टाइम परेको हो। त्यसबेलाको फोटो देख्दा मान्छेलाई अचम्म लागेको होला, तर हाम्रा लागि यो एकदमै सामान्य हो।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host