“निर्वाचनमा केपी ओली,सँग भिड्न तयार छुः रञ्जित, तामाङ,

“नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले आफु नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आउने संघिय निर्वाचनमा भिड्न तयार रहेको बताएका छन् ।

“जसलाई देशको विकास गरोस् भनेर सत्तामा पुर्‍याएको तर उसैले देशमा प्रतिगमन गरेको र संघिय लोकतान्त्रिक गणतन्त्रलाई बचाउँन आफुहरु सडकमा लड्नुपर्ने अवस्था आएको तर विधि र पद्दति भएकाले स्वतन्त्र उम्मेदवारहरुले जसरी उम्मेदवार घोषणा गर्दै हिड्न नमिल्ने बताए ।,

“केपी शर्मा ओलीसँग निर्वाचन लड्न आफु तयार भएकाले गठबन्धनले आफुलाई टिकट दिओस् भन्ने कुरा आफु आबद्ध माओवादी केन्द्र पार्टीमा कुरा पनि राखेको दाबी गरेका छन् ।”

‘‘यदि जनताले मलाई मत नदिएर हराएर केपी शर्मा ओलीलाई अनुमोदन गरेको खण्डमा उखान–टुक्का भनेर व्यङ्ग्य गरेर बिभिन्न आराप र टिकाटिप्पणी गर्दिन, सहर्ष स्वीकारर्ने छु ।’’

“उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिदैं भने-‘‘मैले जहाँ यो देशले प्रतिगमनको सामना गर्नुपर्ने, संघिय लोकतान्त्रिक गणतन्त्रलाई पनि बचाउन सडकमा लड्नुपर्ने र जोबाट चाहि हामीले देशको विकास र समृद्धिको अपेक्षा गरेका थियौ, उसले विकास र समृद्धिको विरुद्ध धावा बोल्यो, मैले पार्टीलाई भनेको छु, म केपी ओलीको निर्वाचन क्षेत्रबाट लड्न चाहान्छु । गठबन्धनले मलाई टिकट दिओस्, मैले भनिसकेको छु । गठबन्धनलाई पनि मैले भनिसकेको छु । तर हामी विधि र पद्दतिमा छौं, अब यहाँ कतिपय स्वतन्त्र उम्मेदवारहरुले घोषणा गरे जस्तो घोषणा गर्दै हिड्न मिल्दैन ।

“जनताले मलाई हरायो भने, जनताले मलाई मत दिएन भने र केपी ओलीलाई अनुमोदन गर्यो भने, मैले कुनै आरोप र टिकाटिप्पणी यो बिभिन्न उखान–टुक्का भनेर व्यङग्य गर्ने छैन् । सहर्ष स्वीकारर्ने छु ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host