“७ सय ग्राम चामल र ६० रुपैयाँले, दैनिकी धानिरहेक नायक पल शाह !!!

“काठमाडौँ : नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिनादेखि तनहुँ कारागारमा छन् । एक नाबालिका गायिकाले ब-लात्कारको आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।”

“यसपछि, अदालतको आदेशमा पल कारागारमा छन्। नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिदै आएको छ। यही खर्चबाट नै अन्य कैदीसँगै पलले पनि दैनिकी विताइरहेका छन् । पल १३९ कैदीसँगै कारागारमा छन् । तर, पलले निजी खर्चमा पनि दैनिक चलाइरहेका छन् । उनले, ३ जनाको समुह बनाएर मेस चलाएका छन् ।”

“पलले गर्मी महिनामा सरकारले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन् । नायक पल शाहको मुद्दाको किनारा कहिले लाग्छ पक्का भएको छैन। तर, पलले भने चाडै नै मुद्दाको किनारा लागे हुन्थ्यो भने चाहना राख्ने गरेका छन् ।”

“कारागारमा उनले पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गरेर दिन बिताउँदै आएको अधिकारीले बताए । यस्तै, उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।भने दुर्गेस थापा ले अहिले भने निकै सहयोग गरेका छ्न उन्ले पल को लागि गोलि खान तयार छु भनेका छ्न।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host