“बाबुको भूमिका खेल्न अस्वीकार ),गरेका राजेश हमाल भन्छन्- ‘यो मेरो बाबु बन्ने उमेर हो ?’

काठमाडौं : एक समय अभिनेता राजेश हमालले मुख्य नायक भएर तीन सयभन्दा बढी फिल्ममा अभिनय गरे । तर, यतिबेला उनलाई बुबाको भूमिकाको प्रस्तावहरु बढी पुग्ने गरेका छन् । हालसालै उनलाई ‘छड्के २’मा अभिनेता अनमोल केसी र ‘फूलबारी’मा अभिनेता दयाहाङ राईको बुबाको भूमिकाको प्रस्ताव पुगेको थियो ।

“तर, हमालले अहिले नै बुबाको भूमिकामा काम गर्न रुचि देखाएनन् । बुधवार एक रियालिटी शोमा अतिथीको रुपमा उपस्थित हुने क्रममा उनले बुबाको भूमिका अस्वीकार गरेको विषयमा पत्रकारलाई ठट्यौली शैलीमा जवाफ फर्काए । उनले भने- ‘बाबु त हुन्छु तर, बा-आमाको बाबु चाहिँ हुन्छु । छोरा-छोरीको बाबु चाहिँ हुँदिनँ । यो बुबा हुने उमेर हो मेरो ?’ राजेश हमालले कलाकार भएपछि भूमिका कस्तो हो भन्ने कुराले फरक नपार्ने धारणा राखेका छन् ।”

‘कलाकारलाई भूमिका कुन भन्ने कुराले फरक पार्दैन । भूमिका सशक्त छ, सेन्ट्रल क्यारेक्टर छ, फिल्ममा त्यसको महत्त्वपूर्ण छ भने कलाकारले जुन भूमिका पनि गर्छ । तर, त्यसको सशक्तता हुनुपर्छ,’ उनको कथन छ । आफूले जति राम्रो डान्स गर्ने व्यक्ति नेपालमा पनि छ र भन्दै आफैंमाथि मजाक गरेका उनले अभिनेता दीलिप रायमाझीलाई समेत आफूले डान्स सिकाएको ठट्टा गरे ।

‘नेपालमा जति पनि कोरियोग्राफरह,रु हुनुहुन्छ, सबैलाई मैले नै डान्स सिकाउँछु । दीलिप रायमाझीलाई पनि मैले डान्स सिकाएको हो । त्यसबेला फिल्ममा व्यस्त हुँदा पनि मैले दीलिपजीलाई २ दिन डान्स सिकाएँ,’ उनले थपे, ‘तर, कहिले काहिँ गुरुभन्दा चेला अघि निस्किन्छ ।’ हमाल आफूलाई गीतको लयमा जिउडाल बंग्याएर नाच्न नआउने भएपनि गीतमा रमाएर, नाच्ने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host