मध्यमर्स्याङदीको मर्मत तीव्र रुपमा अघि बढ्यो
बसन्ती गायक, संबाददाता – लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युतको विद्युत गृह मर्मत कार्य तीव्र रुपमा अघि बढाइएको छ । बाँधको देब्रे क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको पनि मर्मत कार्य अघि बढाइएको हो । पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ । यो काम गर्नका लागि दैनिक चार सय मजदुर परिचालित रहेको केन्द्रले जनाएको छ । काम २४ सै घण्टा भइरहेको छ । मर्मत चलिरहेकोले १० फागुन विहीबार राती ११ बजेदेखि सो आयोजनाबाट विद्युत उत्पादन बन्द छ ।
केन्द्रले मर्मतको काम १७ फागुन विहीबार राती ११ बजेसम्ममा सक्ने गरी भारप्रेषण केन्द्र (एलडिसी)बाट सट डाउन पाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले आइतबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मत सक्न निर्देशन दिएका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युतको माग बढी हुने साँझ र विहान ९पिकआवर०मा ७० मेगावाट विद्युत उत्पादन हुने मध्यमस्र्याङदी बन्द हुँदासमेत आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताए ।
उनले मध्यमस्र्याङदी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआए र विद्युत आपूर्ति अवरुद्ध नभएको जानकारी दिए । विद्युत गृहमा रहेको एउटा युनिटको बृहत मर्मत पनि ६ फागुनबाट भइरहेको छ । विद्युत गृहमा ३५र३५ मेगावाटका दुई युनिट छन् । केन्द्र प्रमुख पशुपतिराज गौतमकाअनुसार २३ फागुनभित्रमा दुवै युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
अहिले सबै काम तालिकाअनुसार नै भइरहेकाले तोकिएकै समयमा काम सकिने उनी बताउछन । युनिटको मर्मतका लागि दैनिक ५० कर्मचारी खटिएका छन् । केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको छ ।
गौतमले बाालुवाको बिक्रीबाट करिव १८ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिए । बाँधको संरचनालाई असर नपर्ने र सुरक्षा व्यवस्था आफैं गर्ने गरी केन्द्रले बढी रकम कबोल गर्ने कम्पनीलाई बालुवा निकाल्ने जिम्मा दिएको हो ।