”मुना मदन”को अजम्बरी प्रेम कथामा आधारित लोक दोहोरी

नेपाली लोक तथा दोहोरी गीत संगीतले जो कसैको मन सजिलै छुने गर्दछ I नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र समर्पित ”मेशना डिजिटल प्रालि”ले फेरी अर्को मन छुने लोक दोहोरी गीत बजारमा पस्किएको छ । निश्चल दवाडीको प्रस्तुतिमा बजारमा आएको उक्त गीत “मुना मदन” को नाममा बजारमा आएको हो ।

मुना मदनको अजम्बरी प्रेम कथामा आधारित यस गीतमा कर्णप्रिय आवाजका धनी पूर्ण कला बि.सी र निश्चल दवाडीको सुमधुर स्वर रहेको छ । प्रतिभावान कलाकार निश्चल दवाडीद्वारा लय तथा शब्द सृजना रहेको छ I यस गीतको म्युजिक भिडियोमा रन्जिता गुरुङ र निश्चल दवाडी को मोडलिंग गरेका छन् I
कपिल लामाले निर्देशन गरेका छन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिस्टले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host