“नगरपालिकाका प्रमुख,प्रशासकीय अधिकृत शाहको कार्यकक्षमा नै यस्तो चर्तिकता, बन्यो भाइरल,

“काठमाडौं, २० साउन –रौतहट जिल्लाको मौलापुर नगरपालि काको निमित्त प्रमुख प्रशास कीय अधिकृत रामबाबु साहले कार्यकक्षमा कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाएका छन् ।

उनले टिकटक बनाएपछि कार्यालयको मर्यादा पालना नगरिए को भन्दै उनको आलोचना सुरु भएको छ । नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उहाँकीश्रीमती रानी साहले कार्यालयलाई नै आफ्नो घरको बेडरुम जस्तै नांचगान गर्दै टिकटकमा मस्त भएको देखिएको छ । साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएपछि उनको चर्को अलोचना भएको हो ।,

साहकी श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएर सार्वजनिक गरेको देखिन्छ । सिहले भने उक्त टिकटक आलोचना पछि डिलेट गरेका छन ।

नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको प्रस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host