“सिके राउत उपेन्द्र यादव,को चुनावी क्षेत्रबाट लड्ने”

काठमाडौं “आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिएका हुन् ।”

“२०७४ को प्रतिनिधिसभा२०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । उनलाई धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पनि निरन्तर दबाब आइरहेको छ ।”

“सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको थियो । सरकारले चुनाव घोषणा गरेसँगै निर्वाचनको माहौल तात्न थालेको छ । चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेकाे छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।”      यो पनि :- “एमसीसीमा लगाएको, गुन तिर्न अरुण सुवेदीलाई देउवाले बनाए परराष्ट्र सल्लाहकार !!!

“सर्वोच्च अदालतको परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गर्ने दिन सचिवहरुको व्यापक सरुवा देखी विभिन्न नियुक्तिहरु गरेका छन् ।

“प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा विवादास्पद व्यक्ति अरुण कुमार सुवेदीलाई आज बसेको मन्त्रीपरिषदको बैठकले नियुक्ति गरेको छ । एमसीसीका कट्टर समर्थक सुवेदीलाई सल्लाहकारमा नियुक्ती गरेर देउवाले दिन खोजेको सन्देश के हो भनेर अड्कल सुरु भएको छ ।

“सुवेदी तिनै व्यक्ति हुन् जसले जनस्तरमा विवादास्पद एमसीसी परियोजनाको व्यापक विरोध चलेको बेला एमसीसीको पक्षमा माहोल बनाउँन ठूलो क्याम्पेनिङ गरेका थिए । एमसीसी राम्रो छ यसलाई जसरी पनी पास गर्नु पर्छ भन्दै उनले मुभमेन्टनै चलाएका थिए ।

“एमसीसी पास गर्नका लागी लगाएको गुन तिर्नकै लागी सुवेदीलाई देउवाले परराष्ट्र सल्लाहकारमा नियुक्ती गरेको चर्चा चलेको छ । अझ रोचक कुरा त के छ भने अन्तराष्ट्रिय राजनितीको हचुवाको भरमा गफ मात्रै दिने तर कुनै अध्ययन र अनुभव भने नभएका उनलाई देउवाले किन परराष्ट्र सल्लाहकार बनाए भनेर सुन्नेहरुनै ताजुब भएका छन् ।

/सुवेदी आफुलाई जलस्रोत विज्ञ भन्छन् । जलस्रोत विज्ञ बताउँने सुवेदीलाई देउवाले भने परराष्ट्र सल्लाहकार बनाएका छन् । मुक्तीनाथमा नेपालकै सबैभन्दा लामो दुरीको केबुलकार चलाउँने कम्पनीको नेतृत्व समेत गरिरहेका उनलाई एमसीसीमा लगाएको गुन तिर्नकै लागी देउवाले सल्लाहकार बनाएको चर्चा चलेको छ ।

“सुवेदीलाई देउवाले परराष्ट्र सल्लाहकार बनाए पछि एमसीसी विरोधी अभियान्ताहरुले भने विरोध जनाएका छन् । सामाजिक संजाल मार्फत एमसीसी विरोधी अभियान्ताहरुले सुवेदीलाई नियुक्त गर्ने निर्णयको आलोचना गरेका छन् ।

“धनकुटाको कुणुले गाउँमा जन्मिएका सुवेदीले विद्यालय शिक्षा विराटनगरमा लिएर धरानबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्रिचन्द्र कलेजबाट विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गरेका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नात्तकोत्तर गरेका छन् ।”

“पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन् ।उनी आफुलाई जलस्रोत विज्ञ भएको बताउँने गर्छन् ।उनकै नेतृत्वमा नेपालको सबैभन्दा लामो केबलकारको निर्माण पनि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host