“अरिङ्गालको टोकाइबाट ,बुबाको मृत्यु, घरमा अन्नको गेडो छैन, ६ बालबालिकाको बिचल्ली,

“पर्वत । अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा ,नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय, श्रीराम परियारको मृत्यु भएपछि उहाँका सन्तानको बिचल्ली भएको हो ।,

“परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट, मृत्यु” भएको थियो । उहाँले ज्याला मजदुरी गरी परिवारको ,गुजारा चलाउँदै, आउनुभएको थियो । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई ,अरिङ्गालले टोकेको थियो ।

“स्थानीय गोकुल श्रेष्ठका ,अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ ।”

“घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भन्नुभयो । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको, पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।”

“स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका ,लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।बालबालिकाले आर्थिक अभावकै कारण, सामुदायिक विद्यालयमा, समेत नियमित पढ्न पाइरहेका छैनन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host