“खोला किनारमा ,भेटियो वृद्धाको शव”

“विराटनगर :  मोरङको लेटाङ नगरपालिका–१ साक्फाराकी एक जना वृद्धाको ,शव खोला किनारमा फेला परेको छ। मोरङ, प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रदुवा खोलाको किनारमा ६१ वर्षीया मनमाया मगरको शव बिहीबार साँझ भेटिएको हो।

“एक साताअघिदेखि घरबाटै ,बेपत्ता भएकी उनको शव सडेर दुर्गन्धित ,र किरा परेको, अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मानमाया साउन १३ गतेदेखि घरैबाट बेपत्ता भएकी थिइन्।”

“उनी बोल्न र सुन्न सक्दिन थिइन्। त्यसअघि पनि प्राय घर छाडेर हिँडिरहने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो पटक बेपत्ता ,भएपछि खोजी गर्ने क्रममा साँझ ६:२५ बजेतिर खोलाको किनारमा शव फेला परेको हो।

“डेको शव पोस्टमार्टमसमेत गर्न सक्ने अवस्थाको थिएन। पोस्टमार्टम गर्न नसकेपछि कानुनी प्रक्रिया पूरा गरेर स्थानीय ,जनप्रतिनिधिको ,रहोवरमा अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाएर पठाइएको जानकारी प्रहरीले दिएको छ।

“प्रहरीले वृद्धाको मृत्युको कारण खुल्न नसकेको जनाउँदै खोलाले बगाएर ,ज्यान गएको हुनसक्ने अनुमान गरेको छ। घटनाको अनुसन्धान भने जारी, राखिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host