“युरेनियम ,भनेर बरामद ,गरिएको वस्तु नक्कली,

“विराटनगर : युरेनियमको आशंकामा विराटनगरबाट बरामद गरिएको वस्तु नक्कली पुष्टि भएको छ। युरेनियमको आशंकामा ,प्रहरीले बरामद गरेर शंकास्पद वस्तु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाएको थियो। परीक्षणबाट, रिपोर्ट नेगेटिभ आएको हो। ”

‘युरेनियमको आशंका गरेर परीक्षणका लागि भूगर्भ विभागमा पठाइएको थियो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक, श्रेष्ठले भने, ‘तर रिपोर्ट नेगेटिभ आएका कारण उक्त वस्तु नक्कली पुष्टि भएको छ।

“प्रहरीले साउन १ र ३ गते विराटनगरका अलगअलग स्थानबाट दुई किलोग्रामभन्दा ,बढी बरामद गर्दै दुईवटा समूहलाई पक्राउ थियो। युरेनियम भनेर बिक्रीको तयारी गर्दैगर्दा साउन १ गते विराटनगर-९ ट्राफिक चोकबाट उक्त वस्तु एक किलो ८७.३ ग्रामसहित आठ जना पक्राउ परेका थिए। विराटनगर ,महानगरपालिका-३ दूधफारमनजिकबाट साउन ३ गते नौ सय ७८.६ ग्रामसहित सात, जना पक्राउ परे।”

“उक्त वस्तु युरेनियम नभएको यकिन गरेर विभागले रिपोर्ट पठाएको डीएसपी श्रेष्ठको, भनाइ छ। उनका अनुसार बरामद गरिएको वस्तु के हो तथा के काममा प्रयोग हुन्छ र कहाँबाट ल्याइयो भन्ने खुल्न ,सकिरहेको छैन। त्यसलाई अब कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय पनि हुन बाँकी रहेको श्रेष्ठले बताए। ”

“युरेनियम भन्दै बिक्री गर्ने तयारी हुँदै गरेको अवस्थामा पक्राउ परेका १५ जनाविरुद्ध भने प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद गरेर अनुसन्धान, अघि बढाएको थियो। पक्राउ परेकाविरुद्धको अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको प्रहरीले जनाएको छ। वकिल कार्यालयले अभियोगपत्र तयार पारेर प्रतिवादीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ,मुद्दा “दर्ता गर्ने तयारी थालेको छ।”

“प्रहरीको अनुसन्धानबाट एकै जना व्यक्तिले दुवै समूहलाई युरेनियम भनेर उक्त वस्तु उपलब्ध गराएको खुलेको छ। अलगअलग समूहलाई उपलब्ध गराउने व्यक्ति भने फरार रहेको र अहिलेसम्म पक्राउ, नपरेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार पक्राउ “पर्नेहरू युरेनियम भनेर उक्त वस्तुलाई ग्राहाकसम्म पुर्‍याउने भरिया मात्रै हुन्।,

“उनीहरूले बिक्री गर्नका लागि भारतीय ग्राहाकलाई बोलाएको प्रहरीले जनाएको छ। तर ग्राहाक पुग्न नपाउँदै प्रहरी पुगेर उनीहरूलाई पक्राउ गरेको हो। उक्त वस्तु युरेनियम पनि नभएको र ग्राहाकलाई बेच्नुभन्दाअघि नै पक्राउ गरिएका कारण उनीहरूविरुद्ध ,कारबाहीको थप प्रक्रिया अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host