“काठमाडौं : परराष्ट्र मन्त्रालयले ताइवान क्षेत्रमा उत्पन्न भएको पछिल्लो परिस्थितिलाई नेपालले नजिकबाट हेरिरहेको जनाएको छ।,
“मन्त्रालयले शुक्रबार पत्रकार, सम्मेलन गर्दै चीन र अमेरिकाका कारण ताइवानमा उत्पन्न परिस्थितिबारे सरकार सचेत रहेको स्पष्ट, पारेको छ। प्रवक्ता सेवा लम्सालले नेपाल सधैं ‘एक चीन नीति’ को पक्षमा रहेको बताइन्।
‘नेपाल र चीनले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ। नेपाल एक शान्तिपूर्ण राष्ट्र, भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं’, उनले भनिन्।
“गत मंगलबार अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच, विवाद चुलिएको छ।